कञ्चनपुर । आर्थिक समृद्धिका आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुल नाराका साथ पुनर्वासमा ब्यवासायिक दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत पुनर्वासको उद्यम बिकास शाखाको आयोजनामा दुना टपरी बनाउने तालिम गरिएको हो ।
पुनर्वास ४ को आमा समुहलाई सो तालीम दिनुका साथै दुना टपरी बनाउने मेसीन, सामाग्रीहरु हस्तान्तरण गरीएको उधम बिकास शाखा पुनर्वासको प्रमुख बिमला चौधरीले बताउनुभयो । तालिम फाल्गुन १५ गते देखि संचालन भएको थियो । पछिल्लो समय पलास्टिक जन्य बस्तुहरुको माग बढ्दै गएको र पालिकाले पलास्टिक जन्य बस्तुहरुको रोक गर्ने निर्णय गरेकाले यो तालिम अझै उपयोगी हुने उहाले बताउनुभयो तालीमको समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले दुना टपरी बनाउन गाउँघरमै रुखको पातहरु सजिलै पाइने भएकाले कुनै समस्या नहुने बताउनुभयो ।
आमा समुहले आफुहरुको फुसंदको निकालेर काम गर्न पनी मिल्ने र पात खोज्न टाढा जान नपर्ने भएकाले दुना टपरी उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सक्ने बताउनुभयो । तालीममा आमा समुहले देखाएको जागरुक्ता प्रती निकै खुशी लागेको उपप्रमुख रानाले ब्यक्त गर्नुभयो ।यस्तै कार्यक्रमा सहभागीहरुले तालीम अबधीमा बनाएको टपरीहरु शिबरात्रिको समयमा मन्दिरमा प्रयोग गरीएको बताउनुभयो ।
दुना टपरी बनाउने तालीममा सहभागी मिठुदेबि पाण्डेयले तालीमबाट आफुहरु सिपयुक्त बन्न सकेको बताउनुभयो । आफुहरुले सामुहीक रुपमा तालीम लिएकाले कामको बाडफाँडमा पनी कुनै समस्या नहुने बताउनुभयो । अबको ६ महिना भित्र पुनर्वासमा हुने बिभिन्न कार्यहरु, चाडपर्बमा पलास्टीकका थाल, बोटुकाको अन्त्य गर्दै सालको पातका दुना टपरी घरघरमा पुराउने लक्ष्यका साथ आफुहरुले काम गर्ने बताउनुभयो ।यस्तै कार्यक्रमा बोल्दै पुनर्वास ४ का वार्ड अध्यक्ष मनोज जैशीले आमा समुहले राम्रो संग उद्योग सञ्चालन गरे आगामी आर्थीक बर्षमा मेसीन थप संगै आवश्यक सामाग्रीका लागी बजेट विनियोजन गर्ने बताउनुभयोे ।
पलास्टीकका थाल, बोटुका, चम्चा लगायतका साग्रीहरु बाताबरणमा असर पुराउने र सालको पात बाट बनेको दु्नाटपरी कुहीएर मल बन्ने हुदा बाताबरणमा कुनै असर नगर्ने उहाँले बताउनुभयो । बजारमा फाटफुट रुपमा दुना टपरी दिखीएको भएपनी महङ्गो भएकाले आमा समुहले सहुलीयत रुपमा बिक्रि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । दुना टपरी बनाउने तालिमको प्रशिक्षक भावना पुलामी मगर रहनु भएको थियो । यस्तै तालिममा ११ जना सहभागी रहनु भएको थियो । कार्यक्रममा उधम बिकास समितीको सदस्य सम्झना लोप्चन, विश्वखोज दैनिकका सहसम्पादक केशब भट्टराई, र स्थानीयको सहभागीता रहेको थियो ।रासस







