काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १ सय ५७ जनाले र बिपक्षमा १ सय १० गरी २ सय ६८ जनाले मतदान गरेका छन् ।
प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो ।यही फागुन २५ मा कांग्रेसँगको सहकार्य तोडेर एमाले,
राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिए भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरे ।बिक्रम सम्बत २०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेको यो तेस्रो पटक हो ।







