धनगढी, नेपाल राष्ट्रिय शिक्षक संगठनले नारि दिवसको उपलक्ष्यमा बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

कैलाली स्थित प्रादेशिक अस्पतालका महिला वाडमा रहेका ८० जना बिरामि र सुत्केरि महिलाहरुलाई बितरण गरिएक‍ो थियो । फलफुल वितरण कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्ला महिला उपाध्यक्ष यसोदा जोशिको नेतृत्वमा , राष्ट्रिय समिति सदस्य नेत्रा नाथ ,

प्रदेश सदस्य नरेन्द्रराज शर्मा , जिल्ला कोषाध्यक्ष नन्दलाल राना,जिल्ला सचिवलय सदस्य गंगाराम ओझा , धनगढी नगर अध्यक्ष शान्ति पाल , सदस्य शुशिला रावत र अजिवन सदस्य नरायण भण्डारिको उपस्थित रहेको जानकारि संयोजक जोशिले दिनुभयो ।