लखनऊ, भारत । भारत-नेपालको सीमावर्ती जिल्लामा स्थानीय जिल्ला प्रशासनको सहयोगमा भारत नोपल मैत्री महोत्सवको आयोजना माघ २६ गते देखि फागुन १७ गते सम्मा चल्ने कार्यक्रमको लागि संस्कृति विभागले १.५९ करोड रुपैया स्वीकृत गरेको पर्यटन तथा संस्कृति मन्त्री जयवीर सिंहले बताए । मैत्री महोत्सव नाम दिएको उक्त महोत्सको आयोजना तराई क्षेत्रका महराजगंज, कुशीनगर, बलरामपुर, श्रावस्ती, लखीमपुर खीरी वा पीलीभीतमा हुने जानकारी दिए नेपालकालागि संयोजक वनटी राना । वहाँले भने, काठमाडौ र पश्चिम नेपालबाट सहभागी टिम आउदै छन ।