नरेश राना/कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध सहित तीन युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका –१० सडकघाटबाट ७७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित सोही ठाउँका २६ वर्षीय प्रशान्त चौधरी बुधवार राति पक्राउ परेका हुन् ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित चौधरीलाई फेला पारी पक्राउ गरेको हो ।





यस्तै भीमदत्त नगरपालिका(१० गडडाचौकी स्थित व्यारेलबाट ०.८३ ग्राम लागूऔषधसहित भीमदत्त–३का २८ वर्षीय दिवस कुँवर र भीमदत्त–१का २८ वर्षीय प्रेमराज जोशी पनि बुधवार राति पक्राउ परेका छन् ।
ईलाका प्रहरीकार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुबै जनाहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







