नरेश राना कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ०५ स्थित देखतभुली खेलमैदानमा लालझाडी-५ को आयोजना र ईटाहा चारपाते युवा क्लबको सह-आयोजनामा माघ ५ गते देखि छैठौ संस्करण को ICYC वडा अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ।

२०७३ साल देखि निरन्तर यो प्रतियोगिता हुँदै आएको छ। दर्शक र खेलाडीहरुले एकदमै रुचाएको प्रतियोगिता ICYC CUP यो वर्ष पनि सञ्चालन भइरहेको छ। त्यस्तै फुटबल प्रतियोगितामा कैलाली र कञ्चनपुरका टिमले सहभागिता रहेको कार्यक्रम संयोजक रामदास राना बताउनुभएको थियो।

यस बर्ष पुरस्कार राशी प्रथमलाई १ लाख ०१ हजार १ सय ११ रुपैया नगद सहित सानदार ट्रफी, मेडल र प्रमाण पत्र राखिएको छ भने द्वितीय पुरस्कार : ५५ हजार १ सय ५५ रुपैया नगद सहित सानदार ट्रफी, मेडल र प्रमाण पत्र राखिएको ICYC का संस्थापकले बताएका छन्। त्यस्तै प्रत्येक खेल को म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर सर्वाधिक गोलकर्ता र राइजिङ प्लयेर अफ द टुर्नामेन्ट लाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।यस फुटबल प्रतियोगिता मा जम्मा २६ टीम को सहभागिता रहेको छ।
पहिलो चरण को दोस्रो दिन को पहिलो खेल मा चित्रपुर फुटबल क्लब vs जी आर फेशन पोइन्ट कञ्ज बीच भएको खेलमा ट्राई ब्रेकर बाट कञ्ज विजय भएका थिए भने दोस्रो खेल मा नेपाल पुलिस vs न्यू गुलरिया अफ, सि, टिम भएको खेलमा ,नेपाल पुलिस ले ३,१ ले नेपाल पुलिस विजय भएका थिए।त्यस्तै आज को अन्तिम खेलमा डी,वि युनाइटेड भुली र अल स्टार बेल्डाँडी बीच भएको खेलमा डी,वि युनाइटेड ले २,१ ले विजय भएको आयोजक ले बताउनु भएको थियो।







