नरेश राना कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ०५ स्थित देखतभुली खेलमैदानमा लालझाडी-५ को आयोजना र ईटाहा चारपाते युवा क्लबको सह-आयोजनामा माघ ५ गते देखि छैठौ संस्करण को ICYC वडा अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ।फुटबल प्रतियोगिता मा सभापति खेलकुद समितिका अध्यक्ष रामदास राना रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना रहनु भएको थियो,

भने विशिष्ट अतिथि वार्ड नं ५ का वार्ड अध्यक्ष पहल बहादुर थापा,वार्ड नं १ का वार्ड अध्यक्ष प्यारे लाल राना,कृष्णपुर नगरपालिका का वार्ड ३का वार्ड अध्यक्ष खेम राज चौधरी रहनु भएको थियो ।उद्दघाटन कार्यक्रम मा प्रमुख अतिथि ले यो प्रतियोगिता लाई शुभकामना दिनु भएको थियो। उद्दघाटन खेलमा आयोजक भेट्रान भुली vs लालझाडी गाउँपालिका का कर्मचारी बीच मैत्री पूर्ण खेलमा लालझाडी गाउँपालिका का कर्मचारी २ गोलले विजय भएका थिए।उद्दघाटन खेलमा पहिलो खेलमा आयोजक ICYC नीलो लाई ० का विरुद्ध o४ गोल गर्दै रोयल एफ सी पुनर्वास ढक्का विजय भएको छ। भोलि हुने खेल ११ बजे देखि शुरू हुने छ।


२०७३ साल देखि निरन्तर यो प्रतियोगिता हुँदै आएको छ। दर्शक र खेलाडीहरुले एकदमै रुचाएको प्रतियोगिता ICYC CUP यो वर्ष पनि सञ्चालन हुने भएको छ। त्यस्तै फुटबल प्रतियोगितामा कैलाली र कञ्चनपुरका टिमले सहभागिता जनाउन सक्ने कार्यक्रम संयोजक रामदास राना बताउनुभएको थियो।


गत बर्षको संस्करणमा ७१ हजार १ सय ७१ रुपैया प्रथम पुरस्कार राखिएको टुर्नामेन्टमा यस बर्ष पुरस्कार राशी बढाएर प्रथमलाई १ लाख ०१ हजार १ सय ११ रुपैया नगद सहित सानदार ट्रफी, मेडल र प्रमाण पत्र राखिएको छ भने द्वितीय पुरस्कार : ५५ हजार १ सय ५५ रुपैया नगद सहित सानदार ट्रफी, मेडल र प्रमाण पत्र राखिएको ICYC का संस्थापकले बताएका छन्। त्यस्तै प्रत्येक खेल को म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर सर्वाधिक गोलकर्ता र राइजिङ प्लयेर अफ द टुर्नामेन्ट लाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।