नरेश राना/ कञ्चनपुर l कञ्चनपुरको लालझाडी गाउँपालिका मा सातौं माघी मिलन बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।थारु एकता हमर शान ,शिक्षा ,भाषा,संस्कृति पौहरैना साझा अभियान मूल नारा का साथ सो बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रम मा सभापति रमेश चौधरी को सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो भने,प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ट अतिथि लालझाडी गाउँपालिका उपाअध्यक्ष सपना चौधरी राना,प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की,पूर्व अध्यक्ष मदन सेन बड़ायक रहनु भएको थियो ।

सो कार्यक्रम मा स्वागत मन्तब्य वीर बहादुर चौधरी ले गर्नु भएको थियो। ,कार्यक्रम मा राष्ट्रिय कलाकार राज कुस्मी र समीक्षा कुस्मि को बेजोड प्रस्तुति रहेको थियो।साथै चौधरी हरु को विभिन्न सांस्कृतिक नाच देखाएर प्रस्तुति गरेका थिए।

कार्यक्रम मा लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना ले यो माघी मिलन बृहत सांस्कृतिक कार्यक्रम एउटा हाम्रो राना थारु लाई भाषा संस्कृति लाई जगेर्ना गर्न को लागि हामी सबै लागि परेका छौ सांस्कृतिक बचाउन को संग संगै विकास पनि गर्नु पर्छ ।यो माघी पर्वको को उत्तर उत्तर प्रगति को शुभकामना दिनु भएको थियो।

कार्यक्रम मा प्रत्येक वार्ड का वार्ड अध्यक्ष ,जनप्रतिनिधि ,कर्मचारी ,पत्रकार गाउँको पधना ,भलमन्सा चाकर हरु को उपस्थिति रहेको थियो।कार्यक्रम लाई द्धाय महेश चौधरी र राम चौधरी ले सञ्चालन गर्नु भएको थियो।







