नृत्य र गायन विधाको सुप प्रदेश स्तरिय प्रतियोगिता वाईवाईएसईई आइडल 2 को फाईनलको समापन भएको छ । नृत्य तर्फको उपाधी शारदा मा. वि., बैया बेहडीकी छात्रा बन्धना मौनीले हात पार्दा गायन तर्फ भने दुर्गा लक्ष्मी मा वि, अत्तरियाकि चाँदनी कार्कीले उपाधी उचालिन् ।

यसै गरि नृत्यतर्फ रनर अप दुर्गा लक्ष्मी मा. वि., अत्तरियाकी चन्द्रा खड्का र गायन तर्फ रनर अप शिव मावि, जोखर तालका विनोद सुनार भए । नृत्य तर्फका विजेताले रु ५० हजार सहित कक्षा ११/१२ मा छात्रवृत्ती हात पारे भने उप विजेताले २५ हजार कक्षा ११/१२ मा छात्रवृत्ती हात पारे । यसै गरि गायन तर्फका विजेताले रु २० हजार सहित कक्षा ११/१२ मा छात्रवृत्ती हात पारे भने उप विजेताले १० हजार कक्षा ११/१२ मा छात्रवृत्ती हात पारे ।

सुप विश्व विद्यालयका पुर्व रजिस्ट्रार प्रा. डा. हेमराज पन्त प्रमुख अतिथी रहनुभएको कार्यक्रममा सभापती आयोजक संस्था प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडाल रहनु भएको थियो । लक्ष्मी आचार्य लगायका राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहेको उक्त कार्यक्रमको संचालक गुणाकर पनेरुले गरेका थिए ।






