धनगढी,२० माघ ।
कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित श्री शिव माध्यमिक विद्यालय देवहरियाले आफ्नो १८औँ बार्षिकोत्सब सम्पन्न गरेको छ । शुक्रबारकाे दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकम बहादुर छेडालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष मोति रानाथारु रहनु भएको थियो । धनगढीको वडा नं. ७ मा तिन वटा माध्यमिक विद्यालय र दुई वटा प्राथमिक विद्यालय रहेका छन । अन्य वडा भन्दा भौगोलिक अकार ठुलो रहेको वडा हो । अहिले मुख्य चुनौति भनेको युवा विद्यार्थीहरुलाई लागुऔषद तथा दुर्वेसनीबाट बचाउन सबह्रै गारो रहेको बताए ।

यसलाई कन्ट्रोल गर्नका लागि मेरो कुरा यहाका यस.पि. संग भएको छ सामुदाय विद्यालयका विद्यार्थीहरुलाई कउन्सलिंगको आवश्यक रहेको बताए । शिव माध्यमिक विद्यालय देवहरिय वनस्पती उद्यान तथा जखौर ताल पर्यटक स्थलको नजिक भएर पनि थुपै समस्यहरु आउन सक्छन । म यस ठाउमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरि यसकालागि प्रहरी अस्थाई विट राख्ने कुरा पनि एस.पि. संग भएको बताए अध्यक्ष रानाले ।


कार्यक्रममा वडा नं. ७ कि पुर्व वडा सदस्य यमुना जोशीले यो विद्यालयमा धेरै गरिबका छोरा छोरी पठनपाठन गरीरहेका छन त्यसैले मैले शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञानमहा यज्ञमा छोरीको नामले अक्षयकोषको स्थापना स्वारुप ५० हजार कबुल गरेको र सोहि रकमबाट पाँच जना विद्यार्थीहरुलाई स्कुल ड्रिस ल्याइदिएको बताई ।

शिक्षक अभिभावक संघ कि पुर्व सदस्य अनिता रावलले यस विद्यालयको विकासका लागि यो टोलका अभिभावकहरुको मुख्य जिम्मेवारी रहेको बताईन । कार्यक्रममा पुर्व अध्यक्ष भागिराम चौधरीले मैले यस विद्यालयमा अध्यक्ष भएर काम गरिरहाँदा र मलाई धार्मिक ज्ञान महायज्ञ संचालन गर्दा सहयोग गर्ने समपुर्ण अभिभावक ज्यु प्रति हार्दिक अभार प्रकट गर्दछू भन्नु भयो, साथै एकम बहादुर छेडालको नेतृत्वमा नयाँ वि.व्य.स. गठन भएकोमा कार्यकालको पुर्ण सफलताकाे शुभकामना दिनुभएको थियो ।


कार्यक्रममा प्र.अ. नन्दलाल रानाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तु गर्नुभएको थियो भने लेखा शिक्षक भिराराम रानाले आ.व. २०७७÷०७८को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै धार्मिक ज्ञानमहा यज्ञमा भएको आयव्याय २३ लाख ६६ हजार ४ सय बराबरको हिसाब प्रस्तुत गर्नुभएको थियो । उक्त महायज्ञमा दानदात तथा चन्दादाताहरुको नामावली शिलालेखमा उल्लेख भइसकेको जानकारी समेत दिनुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य शिक्षक कृष्णराज ओझाले गर्नु भएको थियो भने संचालन शिक्षक नेत्रा नाथले गर्नुभएको थियो ।
सोहि अबसरमा विद्यालयले विभिन्न खेलहरु खेलाएको थियो उक्त खेलमा प्रथम,दिृतिय र तृतिय भएका विद्यार्थी भाइबहिनीहरुलाई पुरुषकार वितरण गरिएको थियो ।