धनगढी, कैलाली। परिवर्तनशील युवा क्लब, धनगढी–१७, कैलालीको आयोजनामा दसैंतिहारको अवसर पारेर ‘दसैंतिहार विशेष खुला भलिबल प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूलाई क्लबले टिम दर्ताका लागि खुला आह्वान गरेको छ।
क्लबका अनुसार प्रतियोगिता आगामी २०८३ साल कार्तिक १८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टिमलाई आकर्षक नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। द्वितीय पुरस्कारको नगद राशि भने कार्तिक १७ गते सार्वजनिक गरिने बताइएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले रु. १ हजार ५५५ दर्ता शुल्क बुझाउनुपर्नेछ। टिम दर्ता गर्ने अन्तिम मिति २०८३ साल कार्तिक १७ गतेसम्म तोकिएको छ।
टिम दर्ता तथा प्रतियोगितासम्बन्धी थप जानकारी र आवश्यक सहजीकरणका लागि क्लबका पदाधिकारीहरूलाई सम्पर्क गर्न सकिनेछ।
सम्पर्क व्यक्तिहरू:
- अध्यक्ष: लोकराज जोशी – ९८६५७९२४७०
- उपाध्यक्ष: शंकर साउद – ९७६९८३७९७०
- सचिव: बिमल बोहरा – ९७६११८३५४४
- कोषाध्यक्ष: सुनिल बोहरा – ९७४७२९४७७६
आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, युवावर्ग तथा इच्छुक सम्पूर्ण भलिबल टिमलाई सहभागिताका लागि आग्रह गरेको छ। खेलसम्बन्धी नियम तथा अन्य आवश्यक जानकारी प्रतियोगिता आयोजक समितिले पछि सार्वजनिक गर्ने जनाएको छ।
टिम दर्ता खुला छ! समयमै आफ्नो टिम दर्ता गरी प्रतियोगितामा सहभागी बनौँ।








