नरेश राना / लालझाडी

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. ५ स्थित ईटहा चारपाते युवा क्लबको खेलमैदानमा जारी ७औँ ICYC कप फुटबल प्रतियोगिता को आज दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन्।

आज हुने भनिएको पहिलो खेल ICYC YOLLO र BYC तेघरी बीचको प्रतिस्पर्धा मौसम प्रतिकूलताका कारण स्थगित गरिएको आयोजकले जानकारी गराएको छ। उक्त खेल भोलि दिउँसो ३ बजे हुने जनाइएको छ।

दोस्रो खेलमा अमर ज्योति युवा क्लब र आशिष डी.जे. टेन्ट हाउस बीच प्रतिस्पर्धा भएको थियो। खेलमा आशिष डी.जे. टेन्ट हाउसले अमर ज्योति युवा क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ। खेल मा म्यान अफ दा म्याच आशिष डी. जे. का खेलाडी भुवन चौधरी भएको थियो।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १,३१,१३१, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई नगद रु. ७१,१७१, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

भोलि हुने खेलहरू

मिति : २०८२/१०/१५

पहिलो खेल

KYC दोधारा v/s गन्तव्य सुधार गृह, बोराडाँडी

दोस्रो खेल

संघर्ष सपोर्ट क्लब, अत्तरिया v/s अंकित अटो सर्विस, जाई

तेस्रो खेल

ICYC YOLLO v/s BYC तेघरी