कञ्चनपुरको कृष्णपुर नगरपालिकामा “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रूपमा शुभारम्भ गरिएको छ। अभियानको सुरुवात आज नगरपालिकाको कार्यालय परिसरबाट गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका का नगर प्रमुख हेम राज ओझा ,नगर उपप्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट प्रविधिको दुरुपयोगका कारण बढ्दै गएको साइबर हिंसा, महिला तथा बालबालिकामाथि हुने मनोवैज्ञानिक र सामाजिक दवाब रोक्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, प्रविधिको सकारात्मक र सुरक्षित प्रयोगसँगै समुदायमै जागरूकता विस्तार गर्न १६ दिने अभियानले महत्वपूर्ण भूमिका खेलेको अधिकारीहरूले बताए।

अभियानअन्तर्गत विद्यालय, समुदाय, विभिन्न संघ–संस्था तथा नागरिक समूहहरूलाई समेटेर सचेतना कार्यक्रम, अन्तरक्रिया, सडक नाटक तथा प्रशिक्षणहरू सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको संदेशसहित कृष्णपुर नगरपालिकाले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको