धनगढी,२४ पुस ।
कैलाली जिल्ला नेकपा एमाले संवद्घ पेशागत महासंघको चौथो अधिवेशन सम्पन्न भएको छ ।”विभिन्न पेशाकर्मी एक होऔ” भन्ने मुलनाराका साथ कैलालीमा विभिन्न आठ ओटा घाटक अबद्ध रहेको पेशागत महासंघको अधिवेशन नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्रि नारदमुनि रानाको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथी कैलाली जिल्ला कार्यबाहक अध्यक्ष दर्गा जोशी रहनु भएको थियो । अतिथीहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नेत्रा नाथ, स्वास्थ्य कर्मचारी संगठन जिल्ला अध्यक्ष जयकला रावल,राष्ट्रिय वैक कर्मचारी संगठन जिल्ला अध्यक्ष डम्बर भट्ट, विद्युत कर्मचारी संगठन प्रदेश अध्यक्ष जय बहादुर सिह,

दुरसंचार कर्मचारी संगठन जिल्ला अध्यक्ष दिपकराज भट्ट, ग्रामिण वैक कर्मचारी संगठन जिल्ला अध्यक्ष खडकराज जोशी, आयल निगम कर्मचारी संगठन जिल्ला उपाध्यक्ष कुलराज जोशी, भु.पु.राष्ट्रिय सेवक संगठन जिल्ला अध्यक्ष हरिप्रसाद जोशी लगायत अवद्ध संगठनका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।


अधिवेशनबाट अध्यक्षमा प्रदिप बहादुर शाही, उपाध्यक्ष जनकराज जोशी, सचिब नयराम सावद सहचिब नरेन्द्र कोटकेनी, कोषाध्यक्ष पदम बहादुर रौले, सदस्य खकेन्द रावललाई निर्विरोध चयन गरेको छ । बाँकी पदमा अबद्घ घटका सदस्यहरुलाई मनोनित गर्ने जनाएको छ ।