धनगढी, १६ मंसिर ।

पञ्चोदय माध्यमिक बिद्यालय धनगढीमा कक्षा-८ मा अध्ययनरत बालिका चेेतना साउदको ग्रेडरबाट दुर्घटना हुँदा मृत्युुको घटना र सृर्जित परिस्थिति प्रति मानबअधिकार संरक्षण मंच नेपाल सुदूरपश्चिम प्रदेश समितीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मानवअधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष डिल्लीराज जोशी ले एक प्रेस बिज्ञप्ती जारी गर्दे घटना प्रति दुख ब्यक्त गर्दे मृत बालिकाको आत्माको चिरशान्तिको कामना,परिवारजनमा समवेदना सहित दोषी उपर कडा कानुनी कारवाही र पिडितलाई न्याय सहित क्षतिपूर्तिको माग गर्नुभएको छ ।


बिज्ञप्तीमा घटनाबाट सिर्जित परिस्थितिका कारण धनगढीका बालबालिका क्षेत्र अशान्तमय भएको स्थितिमा घटनालाई थप दुखान्त र प्रभावित हुनबाट रोक्न अाक्रोश र उत्तेजना नभई संयमता अपनाउन र समस्या समाधानमा तत्काल उचित पहल गर्न सम्पूर्ण स्थानीय प्रहरी प्रशासन, राजनैतिक दल,नागरिक समाज संचारकर्मी,शिक्षक, बिद्यार्थी सबैमा अनुरोध गरिएको छ ।