नरेश राना/लालझाडी, १२ सामन । कंचनपुर को लालझाडी गाउपालिकाले सामन १५ गते सार्बजनिक बिदा दिएको छ ।
रानाथारु सामुदायमा महिलाहरुले मनाउने तिज पर्व सामनको कृष्ण पक्षबाट शुरु भएर शुक्लपक्षको तृतिय तिथीको दिनमा महिला हरुले निरहार वर्त बसेर समापन हुने गर्दछ । रानाथारु सामुदायमा यो पर्व दोस्रो ठुलो पर्वको रुपमा मनाउने गर्दछन । यो पर्वमा दिदीवहिनीहरुले भगवान संग आफ्ना भाइ र भतिजाहरुको लामो आयुको वरदान माग्ने गर्दछन ।
रानाथारू समुदायको तीज पर्ब १५ गते परेकोले महिलाहरु को महान पर्ब तीजको अबसरमा सावन महिना को ८ गते कार्यपालिकाको बैठक को निर्णाय अनुसार सामन १५ गते लालझाडी भित्र स्थानीय सार्वजनिक बिदा गरिएको छ।







