काठमाडाै,१५ माघ । काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सत्तारुढ गठबन्धनले प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीय तहको निर्वाचन जेठ मशान्तभित्र गर्न सरकारलाई सुझाव दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको जानकारी दिए ।

अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने उनले बताए । मन्त्री कार्कीका अनुसार बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको हो ।