नन्दलाल राना/ कैलाली,२० पुस ।
नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय निर्वाचन आयोगले जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । केन्द्रिय निर्वाचन आयोगको मिति २०७८ पुस १५ गते बसेको बैठकले उक्त जिम्मेवारी जिल्ला स्थित निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृतलाई दिएको हो ।
कैलाली जिल्लामा नेपाल राष्ट्रिय शिक्षक संगठनका कैलाली सचिब चक्रराज तिमिल्सिनालाई प्रमुख निर्बाचन अधिकृतकाे जिम्मेवरी दिएको छ । त्यसै गरी क.नवराज खनाल, क.खडक बहादुर कठायत,क.मिन बहादुर वि.क.,क. गजेन्द्र के.सी, क.देवेन्द्र चौधरी र क.उद्घव भाट क्षेत्रीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । जिल्लाको अधिवेश २०७८ पुस २३ गते सम्पन्न गर्नको लागि जिम्मेवारी दिएको हो बताए प्रमुख निर्वाचन अधिकृत तिमिल्सिनाले ।
निर्वाचन अधिकृतहरुले जिल्लामा निर्वाचन पार्टीको विधान, निर्वाचन आयोग नियमावली, निर्वाचन नियमावली, निर्वाचन आचारसहिता लगायतका पार्टीको घोषित निति र निर्वाचन आयोगको निर्देशनमा रहि पार्टीको जिल्ला अधिवेशन सम्पन्न गर्न निर्वाचन अधिकृतहरुको नाम तोकेको छ । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सफलतापुर्वक सम्पन्न गर्न अनुरोध गरेकोछ ।
