कैलारी । “गौरवशाली विगत चुनौतिपूर्ण वर्तमान, लगानी वृद्घि गरी सार्वजनिक शिक्षाको उन्नयन, राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त संगठन” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन, कैलारी गाउ पालिकाको तेस्रो पालिका अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । कैलारी पालिका अध्यक्ष राम सिं भूलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सोहि कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सदस्य देवेन्द्र चौधरी रहनु भएको थियो भने विशिष्ट अतिथिमा जिल्ला कोषाध्यक्ष नन्दलाल राना, सचिवालय सदस्य कर्ण बहादुर साँवद, जिल्ला सदस्य इन्द्र चौधरी रहनु भएको थियो ।
कार्यक्रममा सचिब मनिराम चौधरीले संगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष महेन्द्र कुमार चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कैलारी पालिका समितिको अध्यक्षमा पुनः राम सिं भूल चयन हुनु भएको छ भने उपाध्यक्षमा गुणपति चौधरी , खुल्ला उपाध्यक्षमा विर बहादुर चौधरी ,सचिवमा टिका राम चौधरी, कोषाध्यक्ष महेन्द्र कुमार चौधरी , सहसचिब बोझिया चौधरी, सहकोषाध्यक्ष समिता चौधरी सदस्यहरुमा चरणा कुमारी ऐडी, फुलराम चौधरी,चन्द्रलाल चौधरी,सीताराम चौधरी, हिरालाल चौधरी, मूल्लो कुमारी राना, कृष्ण कु. चौधरी र ७ जना जिल्ला प्रतिनिधि चयन गरेका छन ।






