नरेश राना/कञ्चनपुर: कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ जाँईका ४५ वर्षिय करनसिंह साउँद मृत फेला परेका हुन्। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनी घरदेखि चार सय मिटरको दुरीमा रहेको दोदा नदीको छेउमा मृत फेला परेका हुन्। बाख्रा चराउन गएका साउँद साँझसम्म घर नआएपछि स्थानीयले खोजी गरेका थिए। उनी शनिवार राति मृत फेला परेका हुन्।

आहिले साउदको सबलाई महाकाली अञ्चल अस्पतालमा पोस्ट मार्टमको लागि लगिएको वडा अधयक्ष बहादुर राना जानकारी दिनु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीले घटनाको थप अनुसन्धान गर्दैछ।