दिनेश राना,धनगढी १२ फागुन २०७९ ।
कैलालीको धनगढी उपमहानगर पालिकाले रानाथारु भलमन्साहरुका लागि भलमन्सा कार्यविधि तयार गर्दै छौ उपप्रमुख कन्दकला रानाले बताई । नेपाल रानाथारु समाज कैलाली जिल्ला समितिको आयोजनामा एक दिवसीया भलमन्सा तथा अगुवाहरुको बृहत छलफल कार्यक्रममा वहाँले सो कुरा बताईन ।

वहाँले भनिन चौधरी थारु भलमन्साहरुले कार्यविधि बनाएर ड्राप्ट बुझाइसकेका छन भने रानाथारु भलमन्साहरु तपाईहरु पनि एउटा कार्यविधि बनाएर दिनुस, त्यसमा धनगढी उपमहानगर पालिकाले छलफलको लागि गोष्टीको आयोजना गर्ने छ त्यसमा हजुरहरु आइदिनु होला उपप्रमुख रानाले भनिन, थारु तथा रानाथारुहरुको थुपै प्रथाजन्य कानुनहरु छन बदलिदो राज्यको व्यवस्था अनुसार गर्न हुने र गर्न नहुने कानुनहरुका बारेमा हामी सबैले थाहा पाइराख्नु पर्दछ , पछि अनहकमा दु:ख पाइरहेका हामीहरुले देखेका छौ भनेर जानकारी दिइन ।
सोहि कार्यक्रममा कानुनविद खडक सिंह कुन्जेडाले देवानी र फौजदारी कानुनको बारेमा जानकारी हुन जरुरी छ । गाउँघरमा भएका विकास निर्माण देखि प्रथाजन्य कानुन अन्तर्गत गाउका व्यक्तिहरुलाई न्याय दिने सम्मका सबैकाम भलमन्साहरुको नेतृत्वामा गर्नुपर्ने हुदा हामीहरुले थाहै नपाएर कैयो अपराधिक घटनाहरु गाउमै मिलाउन पुग्दछौ र पछि गएर दुख पाउछौ । अहिले यस्ता घटना मिलाउने न्यायीक समितिको जिम्मा उपप्रमुखहरुलाई दिएको छ भनेर जानकारी दिनुभयो ।


कार्यक्रममा विशिष्ट अतिथीको आसनबाट बोल्दै नेपाल रानाथारु समाज केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाले भन्नुभयो केन्द्रिय तथ्यड्ढ विभागले रानाथारु जातिमा कति प्रकारका थरहरु छन भनेर माग गर्द हामीले ३३ किसिमका थर रहेको जानकारी पठाएका छौ ।

संस्थाका उपाध्यक्ष पृथ्वीराम रानाले होरी तथा खख्डेहरा पर्वको उपलक्ष्यमा यहि फागुन २७ गते होरीमिलन कार्यक्रम गर्ने भन्ने बारेमा जानकारी दिनु भएकाे भयो । कार्यक्रममा ४० भन्दा बढी गाउका भलमन्साहरुको उपस्थितीरहेको थियो भने संचालन सचिब गयाप्रसाद रानाले गर्नु भएको थियो ।