काठमाडौं, १८ पुष । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखा कार्यालयले पौस १८ गते एक कार्यक्रम आयोजित गरी स्थाई पुर्ण अशक्त अपाङ्ग दावी रकम भुक्तानी गरेको हो ।कार्यक्रममा बरथवा ७ सर्लाही निवासी अरुण कुमार रायको श्रीमति शकुन्तला कुमारीलाई १२ लाख रुपैयाँको चेक बिमितका जेठो छोरा र उनकि सासुआमाको उपस्थितिमा बिरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसादले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।अरुणकुमार राय बैदेशिक रोजगारी गएको बेला बिदेशमा अचानक बसमा बेहोस भई स्थाई अशक्त अपाङ्ग भएकोले बैदेशिक रोजगारी म्यादी जीवन बीमा वापतको १२ लाख रुपैयाँ बाराबरको चेक हस्तान्तरण गरिएको हो ।






