नरेश राना/कञ्चनपुर, पौष १४ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा हात्ती आतंक दिनहुँ बढ्दै गइरहेको छ।
लालझाडी पालिका भरीमा सबभन्दा बढी हात्तीको आतंक बाट वार्ड नं ४ मा बढी आतंक मच्चाएक छन्। दिनचर्या साँझ हुन्जेल शुक्लाफाँटा वन्यजन्तु आरक्ष बाट वार्ड नं ४ को कहिले सिकल्पत्ती जाई त कहिले डाङग जाईको खेतमा लगाएको उखु त सबै मसिसकेका छन् भने अहिले लगाएको गहुँ पनि सखाब परिसकेका छन।
अहिले त वार्ड न ४ का किसानहरु खेतीको आशा गर्न छोडिसकेका छन्। २५दिन भयो यस्तो कुनै दिन छैनकि आज हात्ती आएको छैन भनेर यहाँका किसान दर्शन रानाले दुखेसो पोखेको छ। भयभरको खेती मासी सकेका छन् अब घरमा भएकाे अन्न पनि खाना घर तिर आएका हुन्छन हामी रात भारी हात्ती धपाउन मा जाग्राम भएर भस्नु परेको रानाले बताउनु भएको छ।
अर्का किसानले पनि दुखेसो पोखेका छन् जवाहर राना के गर्ने हाम्रो वार्डमामा हात्तीको बाटो छ लालझाडी हुँदै शुक्लाफाटा जाने धेरै समस्त छ। कुनै पनि सरकारी निकायले यो हात्ती आतंकको समाधानको लागि ध्यानदिएका छैन ।
स्थानीय निकायलाई गुहार्छौं भने उहाँ बाट पनि हामी सहयोग गरेका छौं भन्छ। डिजल र टर्च दिएका छौं तर यतिले हुँदैन यसलाई रोकथामको लागि सबै तिनै तहका निकायले र संघ संस्थाले पनि पहल गरिदिने हुनेछ भनी यहाँका किसानले अनुरोध गर्नु भएका छन्।






