काठमाडौं,पौष ११ । निवर्तमान हुन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर आफू शपथग्रहण समारोहमा नआउने जानकारी गराएका छन्।

सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै देउवाले आफू शपथग्रहणमा आउन नसक्ने जानकारी गराएका हुन्। सो वार्तामा प्रचण्डले भने शपथग्रहणमा आइदिन आग्रह गरेका थिए।

देउवाले भने यसअघि पनि आउटगोइङ प्रधानमन्त्री शपथग्रहणमा नआएको नजिर दिँदै नआउने बताएका थिए। यद्यपि देउवालाई उनीनिकट कतिपय नेताहरूले पनि शपथग्रहणमा गएर राजनीतिक संस्कार देखाउन आग्रह गरेका छन्।