दिनेश राना/ पुस १०, धनगढी
सैनिक श्रीमती संघको टोली सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पुगेको छ। सेना स्रोतका अनुसार स्वास्थ्य शिविरका लागि आवश्यक सामान लिएर सैनिक श्रीमती संघको टोली आएको छ।
कञ्चनपुरको लालझाँडीमा स्वास्थ्य शिविर सञ्चालन गर्न सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता रेग्मी शर्मासहितको टोली आएको हो।
नेपाली सेनाको क्यासा एनए–०६२ जहाजमा संघको ३२ सदस्यीय टोलीले बिहान धनगढी अवतरण गरेको थियो। टोलीमा उपाध्यक्ष कल्पना राणा, उमा खड्का, सचिव सोभाना पौड्याल, कोषाध्यक्ष सगुन राणा, सह–कोषाध्यक्ष संगिता भण्डारी रहेका छन्।
त्यस्तै, सदस्य लक्ष्मीकुमारी ढकाल, कविताकुमारी ढकाल, सरस्वती केसी, बबी विष्ट, उमा थापा, सल्लाहकार तुलसी अधिकारी मिश्र, संयोजक अनुपा शर्मा, सह–संयोजक रिना घिमिरे, सेनानी स्मारिका शाही पनि टोलीमा छन्।
प्राविधिक सेनानी डा. निरञ्जन पुडासैनी, हुद्धा डिपेश खड्का, अध्यक्ष शर्माको सहयोगी अञ्जु शर्मा गौतम र सेनानी स्मारिका शाहीको छोरा अविघ्न सिंह पनि उनीहरुसँगै धनगढी पुगेका छन्।
यस्तै धनगढी पुगेको सो टोलीलाई कैलाली बहुमुखी क्याम्पसले स्वागत गरेको छ। त्यसपछि अन्तरक्रिया कार्यक्रम राखिएको छ। तर, कुन विषयमा अन्तरक्रिया हुदैछ भन्नेबारे भने खुलाइएको छैन।






