नरेश राना/कञ्चनपुर, पौष ०६ । कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ पौष २ गते राति हात्तीको बथानले केशर देवि रानाको घर पूर्ण रूपमा क्षति गरी सोही दिन लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल रानाले क्षतिको अनुगमन गरी पीडित केशर देवी रानालाई नेपाल रेडक्रस सोसाइटी शाखा बेलौरीले कम्बल, तिपाल, भाँडा कुडा, कपडा लगायतका सामानहरु लालझाडी गाउँपालिका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी शाखा बेलौरीका सदस्यले पीडित रानालाई हस्तान्तरण गर्नु भएको छ। लालझाडीमा हात्तीको आतंक बाट सबभन्दा बढी पीडित ललाझाडी ४ मा देखिएको छ।






