निबा राना/धनगढी, मंसिर १७ । कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित  देवरिया सामुदायिक वन उपभोक्ता समुहको १९ औं वार्षिक साधारण सभा आज मंसिर १७ गते सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , विशिष्ट अतिथी धनगढी-७ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस कैलाली-५ क प्रदेशका सभापति सिताराम राना , धनगढी-७ का वडा सदस्य सरस्वती चन्द , धनगढी-७ का पुर्व वडा सदस्य यमुना जोशी भट्ट , सम्पुर्ण  देवरिया सामुदायिक वन उपभोक्ता समुहका पुर्व अध्यक्ष ,समाजसेवी ,बुद्धिजीवी ,उपभोक्ता सदस्यहरुको उपस्थितिमा र देवरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शारदा प्रसाद रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सम्पुर्ण अतिथि तथा उपस्थित उपभोक्ताहरुलाई  देवरिया सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष जगत राम रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

देवरिया सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०७८/०७९ आय व्यय रकम रु २८लाख ४६ हजार ६०४ रुपैया बराबर रहेको बारे  देवरिया सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष भागिराम चौधरीले बताएका थिए ।

देवरिया सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०७८/०७९  को प्रगति प्रतिवेदन देवरिया सामुदायिक वन उपभोक्ता समुहका सचिव संगिना जगिरीले प्रस्तुत गरेकी थिइन ।

देवरिया सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०७९/०८० को अनुमानित रकम रु ५७लाख ४९हजार २५० रुपैयाँ बराबर रहेको देवरिया सामुदायिक वन उपभोक्ता समुहका लेखा समिति संयोजक पृथ्वी रानाले बताएका थिए ।

कार्यक्रममा सांस्कृति झल्काउने नाचहरुपनी प्रस्तुत गरेका थिए ।

कार्यक्रम  देवरिया सामुदायिक वन उपभोक्ता समुहले  ५ लाख बराबरको तार घेरबार योजना हाल्नमा पहल गरिदिनुभएकोमा जय राज जोशीलाई सम्मान गरेका थिए ।