धनगढीम, मंसिर १५ । धनगढीमा ग्रेडरको ठक्करले एक जना स्कुले बालिकाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान ग्रेडरले ठक्कर दिदा साइकलमा विद्यालय जादै गरेकी १५ वर्षीया चेतना साउदको मृत्यु भएको हो।

कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए।

पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत साउदको घटनास्थलमै मृत्यु भएको थियो।

बालिका साइकलमा स्कुल जादै गर्दा सडकको लेवल मिलाउदै गरेको ग्रेडर ब्याक गर्ने क्रममा ठक्कर दिइको प्रहरीले जनायो।

ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरिरहेका छन्।