शुक्रराज राना/ बेलौरी, ५ मंसिर
प्रतिनिधि सभा सदस्य पद र्प्रदेशसभा सदस्य पदका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ मा आइतबार सम्पन्न निर्वाचनको मत गणना कार्य सुरु गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ ले मत गणना कार्य सुरु गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालय रहेको बेलौरी नगरपालिकाको सभा कक्षमा मत गणना कार्य आरम्भ गरिएको हो ।
कञ्चनपुर १ मा ९९ हजार ११० कुल मत मध्य जम्मा ५९ हजार २३९ मत खसेको जनाइएको छ ।






