शुक्रराज राना/ कञ्चनपुर, २२ कार्तिक । जिल्लाको लालझाडी गाउँपालिकाको वडा नं. ५मा आयोजित खुला फुटवल प्रतियोगितामा आज सेमिफाईनल खेल सम्पन्न भएको छ । भोली बुधबार २३ गतेको दिन फाईलन खेल हुने आई.सी. वाई. सी. कपका संस्थापक हेमन्त रानाले बताउनु भयो ।


“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको फुटवल प्रतियोगिता आज मंगलबार सेमिफाईनल खेल सम्पन्न भएको छ । शान्ति युवा क्लव दैजी र न्यु गुलरिया युवा क्लव गुलरिया बीच भएको खेलमा २–० गोलको अन्तरले शान्ति युवा क्लव दैजी बिजयी भएको छ । भने शनि युनाईटेड देखतभुली र खड्डा युवा क्लव बीच भएको सेमिफाईलन खेलमा २–० गोलको अन्तरले शनि युनाईटेड देखतभुली बिजयी भएको छ ।


आयोजकका अनुसार फाईनल खेल शान्ति युवा क्लव दैजी र शनि युनाईटेड देखतभुली बीच भोली बुधबार १२ः०० बजे प्रतिस्पर्धात्मक खेल ईटाहा चारपाते युवा क्लवको खेल मैदानमा हुनेछ ।