नरेश राना/कञ्चनपुर, कार्तिक २२। कञ्चनपुरको लालझाडी गाउँपालिकामा आज बाट कञ्चन सामुदायीक वन उपभोक्ता समूहमा सुइटर बनाउने होजियरी तालिम सुरु भएको हो।

Cfcc कञ्चनपुरको सहकार्यमा सुइटर बुन्ने मेशिन उपलब्ध गराई सो तालीम ३ दिन को हुने cfcc का सदस्य सहदेव रानाले बताउनु भयो।तालिममा लालझाडी गाउँपालिका का उपाअध्यक्षले सपना चौधरी रानाले हाम्रो गाओ ठाउँमा हुन लागेको सिपबिकाश होजियारि तालिम हामी पालिका बाट हुने सहयोग हामी पनि गर्ने छौ।

तराई भु – परिधि कार्यक्रम (TAL) को सहयोगमा cfcc को आयोजना मा सो तालिम को समन्वय cfcc कन्चनपुर का सचिव नरेश भट्टले गर्नु भएको हो।सो तालिम लाई हर्क बहादुर चन्द र सुनिता राना ले प्रशिक्षक गराई १० जना सहभागी रहने गरी कञ्चन सामुदायीक वन उपभोक्ता समूह लालझाडी ४ को प्राङ्गण मा हुने सामुदायीक बन् का अध्यक्ष लक्ष्मण ऐर ले जानकारी दिनु भयो ।