नरेश राना/ कञ्चनपुर, १७ कार्तिक । जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका वडा नं. ५ मा आयोजित खुला फुटबल प्रतियोगिता आज प्री-क्वाटरफाइनल का खेल सुरु हुँदै छन् । जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका वडा नं. ५ मा आयोजित खुला फुटबल प्रतियोगिता आज प्री-क्वाटरफाइनल का खेल सुरु हुँदै छन् ।

बिहिवार प्री- क्वाटरफाइनलका तिन खेल हुने छन् । जसमा पहिलो खेल सेक्युर्ड नेपाल दैजी र इटाहा चारपाते युवा क्लब (निलो) बिहान १०:०० बजे , दोस्रो लालझाडी गाउँपालिका वडा न.५ र समावेशी एकता युवा क्लब दिउँसो १२:०० बजे ,तेस्रो खेल शनि युनाइटेड क्लब बिचपट्टी र देखतभुली युवा समाज लालझाडी -५ का बिच २:०० बजे प्रतिस्पर्धात्मक खेल इटाहा चारपाते युवा क्लबको खेलमैदानमा हुने आई.सी. वाई सी.कप का संस्थापक हेमन्त रानाले बताउनु भयो।

स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा र इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता- २०७९ को कार्तिक ११ गते एक कार्यक्रमका बिच उद्धघाटन भएको हो। प्रतियोगिता इटाहा चारपाते युवा क्लबको खेलमैदानमा सञ्चालन भैरहेको छ।

May be an image of text that says '5TH cyc CUP 2079 FIRST MATCH 2079/07/16 DAY-6 न्यु गलरिया युवा क्लव, गुलरिया (वाकओभरमा विजयी) SECOND MATCH NDYC धनगढी 4੩, कैलाली गाਤँ (वाकओभर विजयी) THIRD MATCH धनगढी उ.न.पा. ዓ9 FOOTBALL 1-2 FOOTBALL Educational Partner KFC दोधारा New Microsoft Computer Institute, Krishnapur 02, Bani, Kanchanpur'

प्रतियोगिता नकाउओट आधारमा संचालन भैरहेको छ। जसमा ३४ टिमको सहभागिता रहेको छ। पाचौं आई सि वाई सी कपको विजेताले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेताले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले लाई समान १ हजार ५ सय प्रमाणपत्र ट्रफी समेत पुरस्कारको व्यवस्था रहेको छ। खेलाडीहरुको उत्साह र मनोबल उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो। रानाले बताउनु भयो । उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको छ।