शुक्रराज राना/ बेलाैरी, १५ कार्तिक । विगत धेरै बर्ष देखि बेलाैरी बजार १५ गते बन्द गर्दै आइरहेकाे तर कहिल्यै पनि सबै पसलहरू बन्द नगरेर साथ नदिइ निर्णयकाे अवज्ञा गरेकाे कुरा धेरै ब्यापारीहरूले कुरा उठाइराख्नु भएकाे छ । बजारबासीहरूकाे अनुसार उद्याेग वाणिज्य संघका अध्यक्ष साेझाे हुँदा बजार बन्दकाे निर्णय पुर्ण रूपमा लागु हुन नसकेकाे हाे ।
उद्योग वाणिज्य संघ बेलौरी को निर्णय अनुसार हरेक महिना १५ गते बन्द गर्ने निर्णय धेरै भएको तर यहाँ बेलाैरी बजार तथा बेलाैरीकाे रिछाह स्थित केही ब्यापारी बर्गहरुले बन्दको अवज्ञा गरेर आफ्नो ब्यापार ब्यावसाय संचालन गर्दै आइरहेका भन्दै रानाथारू डटकम सँग गुनासाे पाेख्दै “ नियम सबैको लागि बराबर हो सबैले नियम पालन गर्नु पर्छ, सम्बन्धित निकाय तथा उद्योग वाणिज्य संघ को ध्यानाकर्षण होस ” भनेर एक जना स्थानीय ब्यापारीले भन्नु भयाे ।







