नरेश राना/कञ्चनपुर, १४ कार्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ असैनाटोल बस्ने करिब ४७ वर्षीया सिमाना रानाको धान झार्ने थ्रेसरकाे सापटमा बेरिएर मृत्यु भएको छ ।
आइतबार राति ०८ः३० बजेतिर आफ्नै घरखेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा सापटमा बेरिदा रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






