कञ्चनपुर, ५ कार्तिक । सुदुरपश्चिम प्रदेश कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं ६ स्थित बडेहा घर भएकी फुलमती रानाले २ वटा स्वर्ण पदक जितेकी छिन ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ८ सय मिटर दौडमा एपीएफ क्लबकी रानाले पोखरा रंगशालामा बुधबार भएको दौडमा निर्धारित ८०० मिटर दुरीमा २ मिनेट २७.३६ सेकेन्डमा र १५०० मिटर दौदमा ४ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै २ वटा स्वर्ण जितेकी हुन ।
बिगतका दिनमा भएको अहिलेसम्मको कुनै पनि खेलकुदमा मेडल बिहिन भएकी छैन । यस पटक राष्ट्रिय पदक हासिल गरेकी छु । अबको अन्तर्राष्ट्रियस्तरको खेलकुद पनि अन्तर्राष्ट्रिय पदक हासिल गर्ने लक्ष्य छ । मैले अफ्नो समुदाय र राष्ट्रको नाम चिनाउन सफल हुनेछु भनेर स्वर्ण पदककि बिजेता फुलामती रानाले बताएकी छिन ।







