नरेश राना/ कञ्चनपुर, ५ कार्तिक । आगामी ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्य मा होमिएका निर्वाचन क्षेत्र नं १ मा कञ्चनपुर को लालझाडी गाउँपालिका मा समाजवादी गाँउ कमिटी सचिव सहित ११७ जना ले लोकतान्त्रिक गठबंधन ने क पा माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नु भएको हो।

शनिबार लालझाडी गाउँपालिका मा मात्रै समाजवादी तथा एमाले बाट ने क पा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका हुन्। समाजवादी गाउँकमिटी सचिव नारायण राना, (John)महमति राना ,जग्गु राना, सागरी राना,राम जी राना,अन्जु राना ,करिश्मा राना,जर्मन राना,शुरेश राना,मेलिना राना,हरी राना,सागुला राना, सबादा राना,श्याम राना,बम्बन् राना ,दरोगा राना, मानवती राना , सोना राना,सम्झना चौधरी,सन्तोष वि.का.हिरा गिरी, खडक राना,गरी लोकतान्त्रिक बाम गठबंधन पार्टी प्रवेश गरी गण्ठबन्धन लाई जिताउन का निम्ति लालझाडी का युवा अग्रसर हुँदै अगाडि बढिरहेका छन्।

स्थानीय तह को चुनाव मा एमाले नेता ले विभिन्न आश्वासन दिखाई भोट मागी आज हामी लाई दुःख खेप्नु परेको समाजवादी लालझाडी का गाउँ कमिटी सचिव John राना ले बताउनु भयो। अब को हाम्रो लालझाडी लाई समृद्धि लालझाडी बनाउने मात्र एक पार्टी ने. क. पा.माओवादी हो त्यस कारण हामी माओवादी पार्टी लाई रोजी पार्टी प्रवेश गरेका छौं ।एक त एमाले का कार्यकर्ता बाट हामी तनाव भइसकेका छौं । माओवादी प्रवेश गरेका समाजवादी युवा नेता निर्माणदेखि सबिधान को रक्षा राजनीतिक स्थायी तत्त्व दिगो विकास ,समृद्धिको लागि पार्टी बलियो बनाउँदै बाम लोकतान्त्रिक गठबंधन जिताउने घोषणा गरेका छौं।

आदिवासी जनजाति थारु महिला,सीमान्तकृत समुदाय को राजनीतिक हक अधिकार को लागि माओवादी ले ठूलो परिवर्तन लियाएको भन्दै उनी हरु ले बाम लोकतान्त्रिक गठबंधनका उमेदवार लाई जिताउन का लागि पार्टी प्रवेश गरेका छौं।माओवादी प्रवेश गर्ने लाई बाम लोकतान्त्रिक गठबंधन का प्रतिनिधि सभा सदस्य उमेदवार बिना मगर , माओवादी नेता फुल्लन राना ,नेता दीपक तिमिल्सेना, अमर चौधरी, रामलाल राना, मदन सेन बडाएक, जगदीश राना सहित का नेता ले पार्टी प्रवेश मा स्वागत गरेका थिए।