काठमाडौं, कार्तिक ०५ । तिहारको बेला राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न काठमाडौं प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि पनि हुन सक्ने भएकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरिएको जानकारी दिए। यदि अवाञ्छित क्रियाकलाप भएको जस्तो लागेमा तत्कालै प्रहरीलाई खबर गर्न पनि उनले आग्रह गरे।






