शुक्रराज राना/ बेलौरी, ४ कार्तिक । कञ्चनपुरको बेलौरीमा शैक्षिक तथा ज्ञान बिज्ञान सप्ताह धार्मिक महा महोत्सवको आयोजना हुने भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ रिछाहा स्थित श्री राधाकृष्ण मन्दिरमा शैक्षिक तथा ज्ञान बिज्ञान सप्ताह धार्मिक महा-महोत्सव २०७९ को आयोजना हुने भएको हो ।

श्री राधाकृष्ण मन्दिरको सर्वाङ्गिण विकाशका लागि यहि कात्तिक १८ गते देखि २५ गते सम्म शैक्षिक तथा ज्ञान बिज्ञान सप्ताह धार्मिक महा महोत्सव सञ्चालन हुने कार्यक्रम संयोजक लच्छु राना ले जानकारी दिनुभयो ।