नरेश राना कञ्चनपुर, असोज २८ । कञ्चनपुर को लालझाडी गाउँपालिका वार्ड नं ४ मा रहेको कञ्चन सामुदायीक वन उपभोक्ता समूह को नवौं वार्षिक साधरणसभा सम्पन्न भएको छ। जगन्नाथ राना को सभाध्यक्ष मा सो साधारण सभा सम्पन्न भएको थियो।
सो कार्यक्रम मा लालझाडी गाउँपालिका का वार्ड सदस्य गर्भु राना को प्रमुख अतिथि मा सम्पन्न कार्यक्रम मा विशिष्ठ अथिति cfcc कञ्चनपुर का सचिव नरेश भट्ट रहनु भएको थियो।कार्यक्रम मा स्वागत मन्तव्य सामुदायीक वन उपभोक्ता का उपाध्यक्ष रेखा राना गर्नु भएको थियो भने वर्ष भरी को आय व्यय सामुदायीक बन् का कोषाध्यक्ष नन्दकुमार राना ले प्रस्तुत गर्नु भएको थियो । आय व्यय जम्मा १३९५२३४ तेह्र लाख पच्चन्नबे हजार दुई सय चौतीस बराबर को कारोबार भएको कोषाध्यक्ष ले प्रस्तुत गर्नु भएको थियो।सो कार्यक्रम मा कार्य योजना सामुदायीक बन् की सचिव बन्धो राना ले प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रम मा लालझाडी मा रहेका सम्पूर्ण सामुदायीक का प्रतिनिधि उपस्थिति भएका थिए। कार्यक्रम मा विभिन्न संस्कृति कार्यक्रम गरी भव्तापूर्वक सम्पन्न भएको थियो। कार्यक्रम मा बन्द सत्र भोलि ११बजे हुने समिति ले जानकारी दिनु भएको थियो। कार्यक्रम बैजनाथ आधारभूत विद्यालय का शिक्षक श्री दीपेन्द्र राना ले सञ्चालन गर्नु भएको थियो।







