नरेश राना / असोज ५ । कञ्चनपुर को लालझाडी गाउँपालिका मा १ गते आएको बढिमा पुरै लालझाडी डुबान भई औषधि समेत नमिल्ने अवस्था रहेको मा एउटा सामान्य सिटामोल को अभाव हुँदा लालझाडी का बासिन्दा का लागि आफू पनि लालझाडी को बासिन्दा हुँदा कलाकान्द कन्ट्रक्सन एण्ड सप्लार्स का प्रबन्धक निर्देशक भीम सेन राना ले लालझाडी २ कन्ज़ गाउँ मा १,६४,१५७ बराबर को औषधि सहयोग गरेको युवा नेता जगदीश राना ले जानकारी दिनु भएको हो। मनकारी हात लाई लालझाडी २का स्थानीय हरु खुशी व्यक्त गरेका छन् ।
औषधि आज ८ बजे धनगढी पुग्नसक्ने प्रबन्धक निर्देशक भीम सेन राना ले जानकारी दिनु भएका छन्।

