मानबहादुर राना/लालझाडी, ०४ कुँवर । कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ६ मा १५ औं साधारण सभा बाट सर्वसम्मत बाट नयाँ कार्य समिति गठन हुन नसके पछि चुनाव बाट नयाँ कार्य समिति गठन गरिएको छ।

चुनाव मा २ जना उमेदवार रहेका थिए । जसमा करीमा राना र शिव प्रसाद चौधरी रहेका थिए ।

निर्वाचन समिति ले सो सहकारी मा रहेका शेयर सदस्य हरु लाई मत खसाल्न लगाई निर्वाचन सम्पन्न गराएका हुन। निर्वाचन मा जम्मा मत ५४९ मत मध्ये ८ बदर मत र करिमा जम्मा २९५ र शिवप्रसाद चौधरी २४६ मत करिमा राना ४९ मत ले विजय हुनु भएको वार्ड नं ६ वार्ड अधयक्ष हर्क नारायन जोशी ले जानकारी दिनु भएको थियो।