शुक्रराज राना/ बेलाैरी २८ भदाै । कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. ६ का वडा सदस्य नारायण प्रसाद जैशीले आज बेलौरी नगरपालिकाको कृषि विकास शाखा भवनको प्राङ्गण सफाई गराउनु भएको छ ।
नगरपालिका भरिमै जोसिला र जाँगरिला होनहार युवा प्रतिनिधि मानिने सदस्य जैशीले कृषि विकास शाखाको प्राङ्गणमा रहेको घाँसपात तथा झाडी नगरपालिकाको जेसिबि प्रयोग गरि सफाई गर्नु भएको छ ।
समय समयमा विभिन्न कार्यालयका प्राङ्गणका सफाई गरेर उहाँले सफाई अभियान चलाएका हुन । सदस्य जैशीले सरकारी कार्यालय मात्र नभई सम्पुर्ण वडा र नगरनै यस्तै गरि फोहोर मुक्त र हराभरा बनाउनु हुनेछ भनेर जनताले अपेक्षा राखेका छन ।







