शुक्रराज राना/ बेलाैरी २६, भदाै । कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे बेलाैरी बजारको केन्द्रबिन्दुमा रहेको बाल उद्यान (चिल्ड्रेन पार्क) शनिबारको दिन सरसफाई भएको छ । बेलौरी नगरपालिकाको नव निर्मित भवन को उत्तरमा रहेको उक्त पार्क वरिपरि झारपातले गर्दा पार्क मात्र नभई सिङ्गो बेलौरीकै केन्द्र बिन्दु कुरुप देखिएकोले हिजो शनिवारको दिन समाजसेवी मेवाराम चौधरी, खडक शाह तथा र लक्ष्मण दियाल सरको अगुवाईमा सरसफाई गरिएको हो ।


उक्त कार्यमा बेलौरीका सफल व्यवशायी नरेन्द्र बिष्टले आफ्नो तर्फबाट निशुल्क जेसिबि प्रदान गर्नु भएको थियो । सरसफाई कार्यमा रिछहाका सफल व्यवशायी तथा समाजसेवी युवा प्रभु राना, भेषराज चौधरी, डम्मर बिष्ट, मोहन बिष्ट, कृष्ण नाथ, यज्ञराज कडेल र हर्क सिंह कुँवर लगायत साना बाबु नानीहरु पनि सहभागी भई बालउद्यानको सरसफाईमा अतुलनिय योगदान दिएको भनेर समाज तथा बेलौरी बिकासका लागि लागिपर्ने सामजसेवी लक्ष्मण दियाल सरले भन्नुभयो ।