धनगढी, १६ भदौ । नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनकोलागि प्रत्यक्ष तर्फ ८ जना र समानुपातिक तर्फ १८ जनाको उम्मेदवारको नाम सिफारिस गरेका छन ।

नेपाली कांग्रेस कैलाली जिल्ला क्षेत्र-५ “क” का सभापति तथा धनगढी उप-महानगरपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष सिताराम रानाको पनि कैलाली क्षेत्र-५ “क” को प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ नेपाली कांग्रेस पार्टीबाट नाम सिफारिस गरेका छन। मेरो यस नेपाली कांग्रेस पार्टीमा लगनशीलता, दक्षता र इमानदारीताको कारण पार्टीले मलाइ उम्मेदवार बनाउने र उम्मेदवारी पाउने बिस्वासका साथ चुनावी दौरानमा यस क्षेत्रको बिकासका निम्ति आफ्नो योजनालाई जनताहरुलाई बताउने र जनताले म माथी बिश्वास गरेर चुनावमा बिजय गराउछन भनेर ढुक्क रहेको बताउँछन राना ।

२०५७ सालदेखि नेपाली कांग्रेस पार्टीमा आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका राना जब जनप्रतिनिधि नहुदा १२ औं महाधिवेशनबाट धनगढी वडा नं ७ को वडा सभापति हुँदा वडा सयन्त्रमा बसेर वडाको विकासमा योगदान गरेका थिए । धनगढी उप-महानगरपालिका वडा नं ७ को २०७४ सालको निर्वाचित वडा अध्यक्ष हुदा ५ वर्ष कसैको एक कप चिया नखाई ,भ्रष्टाचार नगरी विशुद्ध रुपमा बिकास निर्माणको काम गरेका थिए ।

धनगढीलाई चिनाउने जखौर ताललाई विकसित गर्न डिजाइन गराएर ५ करोड ५० लाखको टेन्डर गराएका थियौ ।पटेलामा १ करोड ५० लाखको तटबन्धन ,पटेलामा थारु संग्रहालयको भवन निर्माण , बेलीमा २ करोड ५० लाखको तटबन्धन , स्वास्थ्य भवन , वडा कार्यालयको भवन , बिद्यालयको भवन ३ वटा (मनेहरामा २) (बेलीमा १) , महिला दिदीबहिनीहरुलाई सिपमुलक तालिम , नमुना बाटो ब्लक सडक ,पिसीसी सडक ,कालोपत्रे बाटो,पक्की नाली, जस्ता काम धनगढी वडा नं ७ को निर्वाचित वडा अध्यक्ष रहदा गरेका थिए । मैले के-के गरे भनेर धेरै भनिराख्नु पनि पर्दैन किनभने मेरो बिकास निर्माण गरेको काम सबैले देखेका छन ।

नेपाली कांग्रेस कैलाली क्षेत्र-५ “क” प्रदेशमा सबै समुदायको क्षेत्र रहेको छ । नेपाली कांग्रेस कैलाली क्षेत्र-५ “क” प्रदेशमा यदि मलाई नेपाली कांग्रेस पार्टीबाट टिकट दिन्छ भने कुनै पनि भ्रष्टाचार नगरी घुस नलिइ हामी बिकास गर्नेछौ भन्ने मेरो प्रतिबद्धता रहेको छ । क्षेत्र-५ “क” प्रदेशको सभापति समेत रहेको र म सम्पुर्ण समुदाय सङ्ग घुलमिल पनि भएको ब्यक्ति समेत रहेकोले म चुनावमा विजय हुन सक्छु भनेर कैलाली क्षेत्र-५ “क” का सभापति सिताराम रानाले बताएका छन ।