नरेश राना/कन्चनपुर, १५ भदौ । कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले रोजगार सहायकको पदपूर्ति गर्न सकेको छैन । रोजगार साहयकका लागि ४१ जनाले दर्खास्त दिदा १ जना पनि दक्ष नभको नतिजाले बताएको छ ।
सर्टलिष्टदेखि लिखित, प्रयोगात्मक परीक्षा लिईसकेपछि कार्यालयले अन्तिम नजितामा कोही पनि पास नभएको सूचना निकालेको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाँउपालिकामा रोजगार सहायक पदपूर्तिका लागि १ साउन ०७९मा दरखास्त आब्हान गरिएको थियो ।
गाँउपालिकाले रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड ०७८ अनुरुप योग्य ठहरिएका आवेदक मध्ये प्रारम्भिक योग्यताक्रम सुचि मुल्याङकनमा कोही पनि परीक्षार्थी उत्तीर्ण नभएको सूचना निकालेको छ ।
पदपूर्ति समितिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले हस्ताक्षर गरेको अन्तिम नतिजा प्रकाशन गर्दै भदौँ १२ र १३ गते सम्पन्न भएको लिखित र प्रयोगात्मक परीक्षको मुल्याङन गर्दा रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड २०७८ को दफा ७ को उपदफा ४ को आधारमा देहायअनुरुप अन्तिम नजिता प्रकासन भन्दै क्रम, रोल नं. उम्मेदवारको नाम थरको ठाँउमा कुनैपनि उम्मेदवार सफल हुन नसको उल्लेख गरिएको छ ।
प्रशासनिक तथा राजनीतिक असक्षताको पराकाष्ठा भएको भन्दै स्वयम उम्मेदवार एव स्थानीयले टिकाटिप्पणी गरिरहेका छन । शुरुवाती चरणदेखि रोजगार सहायकका लागि बार्किनिङ्ग चलिरहेको थियो । तर, नेताका आफन्त पहिल्यै र अहिले अनुतिर्ण भएपछि उक्त नजितामा कसैको नाम नराखिएको कार्यालय स्रोतले जनाएको छ ।
कार्यालय प्रमुख पदमराज जोशीले कुनैपनि उम्मेवारले हरेक विषयमा ४० प्रतिशत अंक ल्याउन नसकेपछि यस्तो परिणाम अाएको बताए । ‘तोकिएको मापदण्ड अनुरुप कसैले पनि अंक प्रतिशत ल्याउन सकेनन, ‘उनले भने, ‘पदपूर्तिका लागि पुन सुचना प्रकासित गरेर पदपूर्ति गछौँ ।’ रोजगार सहायकको पदपूर्तिको विषयमा बजारमा आएको हल्ला अनुसार बाहिर नेताको दवाव मान्छे नपरेको विषयमा स्थगित गरिएको विषय हल्ला मात्रै भएको बताए ।

गाँउपालिकाले रोजगार सहायकका लागि खोलेको विज्ञापनमा केही काँग्रेसका नेताहरुले आफ्ना मान्छे राख्न दवाव दिएपछि कुन गुटको राख्ने विषयमा उत्पन्न विवादले वास्तविक क्षमतावान उम्मेदवार बञ्चित भएका छन । ४१ जनाले दरखास्त दिएका थिए , जसमध्ये १० जना मात्रै सटलिष्टमा परेका थिए । एक उर्तिण उम्मेदवारले आफन्तले आफुहरुको गुट नै फरक भएपछि स्थानीय सरकारले उर्तिण हुँदा समेत परीक्षा नै स्थगित गरेर घात गरेको बताए । ‘हामीमाथि आफ्नै पार्टीका नेता कार्यकर्ताहरुले गिद्दे नजरले दृष्ट्रि नै गलत राखे । क्षमता हुदाहुदा समेत त्यसलाई दमन गरि
गाँउपालिकाले कर्मचारी छनौटमा गरेको नाटकले स्थानीय समेत हैरान भएका छन । नेताका मान्छे ल्याउनका लागि गरिएको यो हतकण्डाले शिक्षित युवा निरास भएका छन ।