शुक्रराज राना/ बेलाैरी, ११ । भदाै सुदूरपश्चिम प्रदेश सरकारले भने थारु समुदायको अटवारी पर्वका अवसरमा कञ्चनपुर र कैलालीमा आइतबार मात्रै सार्वजनिक बिदा दिएको छ ।

यस अघि भदौ १९ गते दिने भनिएको सो बिदा प्रदेश सरकार मन्त्री परिषद्को यही भदौ ९ गतेको निर्णय अनुसार यही भदौ १२ गते आइतबारका दिन सार्वजनिक बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत विष्णुदत्त अवस्थीले जानकारी दिनुभएकाे छ ।

यसैगरि कञ्चनपुरको बेलौरी नगरपालिकाले थारु समुदायले मनाउने महत्त्वपूर्ण पर्व अटवारीकाे अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । शुक्रबार एक शुभकामना सन्देश र स्थानीय बिदा सम्बन्धमा सूचना जारी गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पाेतीलाल चौधरीले यही भदौ १२ र १३ गते बेलौरी नगरपालिका क्षेत्रभित्र दुई दिन स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी गराउनु भयो ।