शुक्रराज राना/पुनर्वास, १० भदौ । कञ्चनपुरमा भएको दुर्घटनामा परेर घाइते भएका २ जनाको पहिचान खुलेको छ। जिल्लाको पुनर्वास नगरपालिका वडानम्बर ५ को दोधा र सिमरीबीचको हुलाकी सडकखण्डमा भएको दुर्घटनाका घाइतेको पहिचान खुलेको हो। 

शुक्रबार दिउसो बेलौरीबाट धनगढीतर्फ आइरहेको सुपप्र ३-०१-०२२ च ९४९२ को कार र धनगढीबाट बेलौरीतर्फ गइरहेको गरेको सुपप्र ०२-००३ प-५०८२ को मोटरसाइकल आपसमा ठोक्किएका थिए। बलदेवसिंह बुडालले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको थियो। प्रहरीका अनुसार घाइते हुनेमा मोटरसाइकल चालक अर्जुन चौधरी र पछाडि सवार २३ वर्षीय जीवन चौधरी रहेका छन्।

दुर्घटनामा घाइते मोटरसाइकल चालक र पछाडि सवार युवकको धनगढीस्थित सेती अस्पतालमा उपचार भैरहेको र अवस्था मध्यम रहेको बताइएको छ। उनीहरुको शरिर, टाउको र खुट्टामा चोट लागेको छ।