कञ्चनपुर,१ भदौ । नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरको जिल्ला अध्यक्षमा नन्द कुमार राना चयन हुनुभएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि पार्टीको कञ्चनपुर जिल्ला अध्यक्षमा नन्द कुमार राना चयन हुनुभएको हो ।
अध्यक्षमा राना सहित २१ सदस्य रहने गरि जिल्ला कमिटि गठन पनि गरिएको छ । अध्यक्षमा नन्द कुमार राना,उपाध्यक्षमा बन्दिराम डगौँरा, सचिवमा पिताम्बर चौधरी, सह सचिवमा पतिराम चौधरीलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा जगदिश निरौला,लक्ष्मण डगौँरा,राम कुमारी राना, बिन्टु प्रसाद चौधरी,सम्झना चौधरी,हेमन्तराज उपाध्याय,बिष्णु चौधरी,खेमराज बढु, बिमल चौधरी,पार्वती चौधरी,सुरेश चौधरी,सुगम चौधरी,
डुठा राना पल्टु राना, राजमान चौधरी,कलावती चौधरी,तिलक चौधरी,ईतवारी राना र सुग्रबि चौधरीलाई चयन गरिएको बताईएको छ ।
साथै भादाै ११ गते बेलौरीको खुला मन्चमा नागरिक उनमुक्ती पार्टी ( ढकिया) को पार्टी प्रबेश कार्यक्रम रहेकाे छ। सोही दिन पार्टी कार्यालय को उद्घाटन कार्यक्रम पनि रहेकाे बताए अध्यक्षा रानाले






