नरेश राना, कञ्चनपुर/ २९ सामन । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ मा रहेको लालझाडी खानेपानी निर्माण योजना सम्पन्न भएको छ। निर्माण योजनाको ठेक्का उच्चकोटी निर्माण सेवा प्रा.लि. ले लिएको थियो।

तत्कालिन खानेपानी मन्त्री बिना मगरको उक्त योजनाको कुल लागत रु. १३००८१४१०/- रहको थियो। जसमध्ये सरकारी लगानी रु. ११७०७३२६९/- रहेको थियो भने ९% को दरले जनश्रमदान रु. ११७०७३२.६९/- थियो र नगद १% का दरले रू. १३००८१४.१०/- थियो ।

लालझाडी खानेपानीबाट लाभान्वित हुने घरधुरी जम्मा ६०० रहेको छ भने ३५० घरमा धारा जडान भैसकेको छ बाँकी धारा समिति द्वारा जडान भैरहेका लालझाडी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष भरत चौधरीले जानकारी दिनुभयो।