जेम्स राना, बेलाैरी/ २६ सामन । लालझाडी गाउँपालिका वडा नम्बर ०१ डाँडाबिचवा बस्ने बन्धु रानाको नाति बलराम राना तथा प्रबिना रानाको छोरा बर्ष २ को आयान्स राना हिजो लगभग १२ः ०० बजे दिउँसो बाट बेपत्ता भएको थियो । उनकै घरमा अएके एउटा मुखको लाटो लगभग १४ बर्षको भारतको बनगाउ बस्ने उनकै नातेदार केटोले उखु खाना जाउ भनेर खेतबारीमा लैजादा त्यो मुखको लाटो केटो ले फुच्चेलाइ खेतवारिमै छोडेर आउदा बालक हराएको थियो ।

“हिजो दिउँसो १ः३० बजे बाट सम्पुर्ण गाउँबासी र प्रहरी खोज तलास गर्दै गर्दा आज बिहान लगभग १०ः३० बजे गाउँ देखि दक्षिण पुर्व अन्दाजी ०३ कि मि लमैया नाला पारी उखुवारिमा भेटिएको छ।“ भनेर डोकेबजार प्रहरी चौकिका इन्चार्ज असई राम सिंह धामीले जानकारी दए। भुतपुर्व वडा अध्यक्ष छेमानन्द रानाले सम्पुर्ण सहयोग गर्ने दाजुभाइ दिदिबहिनी हरुलाइ आफनो तर्फबाट धन्यवाद दिएका छन् ।